ad ad

कला


सकियो ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’

सकियो ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १७:५८, काठमाडौँ

जेठ १५ गतेबाट सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा ४८२ जना कलाकारका ५२२ कलाकृति राखिएको थियो।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाका प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञसभा सदस्य राजबहादुर गुरुङको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा उपकुलपति लालकाजी लामाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले स्थापनाकालदेखि नै गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनीमा यसपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरि त्यहाँबाट छानिएका उत्कृष्ट कलाकृतिहरूलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको बताए। उनले समाज रूपान्तरणका लागि कलाकार स्वयं रुपान्तरण हुनपर्ने कुरामा जोड दिए।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रादेशिक ललितकला प्रदर्शनीमा हजारभन्दा बढी कलाकार जोडिएको सुनाए।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक रूपमा गरेको प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउँदै ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८०’मा ललितकला प्रज्ञा–प्रतिष्ठानसँग ऐतिहासिक कार्यमा सहकार्य गर्न पाउँदा गण्डकी प्रज्ञा–प्रतिष्ठान हर्षित भएको धारणा राखे।

कार्यक्रममा प्रदर्शनीको पूर्वसन्ध्यामा आयोजित ‘ब्यानर लेखन प्रतियोगिता’मा प्रथम, द्वितीय र तृतीय कलाकार छानिएको थियो। क्रमशः सुरेन्द्रकुमार चौधरी, सुरेन्द्रप्रसाद चौधरी र उमेश शाह तेलीलाई प्रमाण–पत्र र नगद रु क्रमशः १० हजार, ७ हजार र ५ हजारसहित सम्मान गरिएको थियो।

त्यस्तै, ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’का स्वयंसवेकहरूलाई समेत प्रमाण–पत्र वितरण गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .