ad ad

कला


आफ्नै फ्यानको हत्या आरोपमा कन्नड अभिनेता दर्शन थुगुदीप प्रकाउ

आफ्नै फ्यानको हत्या आरोपमा कन्नड अभिनेता दर्शन थुगुदीप प्रकाउ

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १५:४७,

कन्नड अभिनेता दर्शन थुगुदीप एक फ्यानको हत्याको आरोपमा पक्राउ गरिएको छ। दर्शनसहित को-एक्टर पवित्रा गौडालाई जुन ११ मा हत्या मुद्दामा पक्राउ गरिएको थियो।

अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा दर्शन र पवित्रालाई घटनास्थलबाट बाहिर निस्केको देखिएपछि दुवै शंकाको घेरामा परेका थिए। साथै दर्शनले हत्याको जिम्मेवारी लिन आफ्ना तीन सहयोगीलाई १५ लाख रुपैयाँ दिने प्रस्ताव गरेको समेत बेंगलुरु प्रहरीले जनाएको छ।

बिहीबार बेंगलुरु प्रहरीले दर्शनका नजिकका साथी नागराज र सह-कलाकार प्रदोषलाई पनि पक्राउ गरेको थियो। प्रहरीका अनुसार यस हत्यामा नागराज नै दर्शन र अन्य अभियुक्तबीच डिल गरिरहेका थिए। उनले मैसुरुमा दर्शनको फार्महाउसको हेरचाह गर्छन्। दर्शन पक्राउ परेदेखि प्रदोष फरार थिए।

प्रहरीका अनुसार अपहरणपछि दर्शन र उनका सहयोगीले रेणुकास्वामी नामक एक फ्यानलाई बेल्ट र लाठीले कुटेका थिए। करिब एक घण्टासम्म पिटेपछि रेणुकास्वामीको मृत्यु भएको थियो।

जुन ९ मा रेणुकास्वामीको शव कामाक्षिपल्या क्षेत्रमा रहेको अपार्टमेन्ट नजिकै भेटिएको थियो। जुन त्यहाँका सुरक्षागार्डले सुरुमा थाहा पाएका थिए। उनका अनुसार केही कुकुरले नालीमा लास तानेर लगेका थिए। गार्डले कामाक्षिपल्या प्रहरी चौकीमा फोन गरेर घटनाबारे जानकारी गराएका थिए।

अनुसन्धानका क्रममा मृतक रेणुकालाई चित्रदुर्ग क्षेत्रका केही व्यक्तिले अपहरण गरेको खुल्यो। प्रहरीले यस घटनामा अभिनेता दर्शन फ्यान एसोसिएसनका जिल्ला अध्यक्ष रघु दर्शन ​​(राघवेन्द्र) लाई शंकाको घेरामा राखेको छ। त्यसैले रघु र उनका दुई सहयोगीलाई हिरासतमा लिएर सोधपुछ गर्दा सबै कुरा बाहिर आएको हो।

जुन ११ मा कर्नाटक प्रहरीले आरोपितलाई उद्धृत गर्दै भने ‘राघवेन्द्रले रेणुकास्वामीलाई चित्रदुर्ग क्षेत्रबाट अपहरण गरेका थिए। त्यसपछि आरआर नगरको पट्टनवादगेरेस्थित गोदाममा लगे। जहाँ उनको कुटपिटबाट मृत्यु भएको हो। त्यसपछि राघवेन्द्रले रेणुकाको शव कामाक्षीपल्या क्षेत्रको नालीमा फालेका थिए। प्रहरीले घटनास्थल वरिपरि अनुसन्धान गर्दा सीसीटीभी फुटेजमा अभिनेता दर्शन र अभिनेत्री पवित्रा घटना स्थलबाट निस्किएको देखे।’

किन गरियो फ्यानको हत्या?
मृतक रेणुकास्वामी अभिनेता दर्शनका फ्यान थिए। विवाहित कलाकार दर्शनको पवित्रा गौडासँग विवाहेतर सम्बन्धको खबर बाहिरियो।

यो खबरले रेणुकास्वामी निकै क्रोधित भए। उनले पवित्रालाई दर्शनबाट टाढा रहन आग्रह गर्दै लगातार म्यासेज पढाए। प्रहरी स्रोतका अनुसार पवित्राले दर्शनलाई रेणुकाको हत्या गर्न उक्साएकी थिइन्।

४७ वर्षीय अभिनेता दर्शन कन्नड सिनेमाका चर्चित अनुहार हुन्। उनले कारिया, कालासिपल्या, गजा, नवग्रह, सारथी, बुलबुल, यजमान, रोबर्ट, कटेरा जस्ता कन्नड भाषाका सुपरहिट फिल्महरूमा काम गरिसकेका छन्। उनले ९ पटक उत्कृष्ट अभिनेताको अवार्ड पनि जितेका थिए। यसअघि पनि उनी घरेलु हिंसादेखि थुप्रै विवादमा मुछिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .