ad ad

कला


प्रिमियरमा ‘बाटो : रोड टु डेथ’को प्रशंसा

प्रिमियरमा ‘बाटो : रोड टु डेथ’को प्रशंसा

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १०:११, काठमाडौँ

नेपाली फिल्म ‘बाटो: रोड टु डेथ’को प्रिमियर सोमा राम्रा प्रतिक्रिया प्राप्त भएका छन्।

बुधबार साँझ पुलचोकस्थित लबिम मलमा रहेलो क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रकर्मीले फिल्मलाई रुचाएका हुन्।

अहिलेसम्म नेपालमा बनेका चलचित्रमध्ये बिलकुल फरक बनेको र यो चलचित्रले दर्शकलाई एउटा बाटोमा डोर्‍याउन सफल हुने प्रतिक्रिया प्रिमियरमा सहभागीले दिएका हुन्। 

प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा चलचित्रकर्मीले जनाए।

चलचित्रको प्रिमियर इभेन्टलाई २०३५ सालदेखि सक्रिय राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले बोन्डिङ पार्टनरका रूपमा प्रायोजन गरेको थियो।

यस चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो चलचित्र हेर्ने गति सबैले प्रशंसा गरेकामा खुसी लागेको बताए। उनले यस्तै तारिफ नेपाली दर्शकबाट पनि पाउने आशा व्यक्त गरे। 

उनले भने, ‘नेपाली चलचित्रको स्ट्यान्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ। आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले चलचित्र राम्रो नै बनाउनुपर्छ।’

चलचित्रका अभिनेता सुलक्षण भारतीले यो चलचित्रमा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए। उनले यस प्रकारको चलचित्र नेपालमा यसअघि नबनेको दाबी पनि गरे। 

अर्का अभिनेता उत्पल झाले लामो प्रतीक्षापछि चलचित्र रिलिज हुन लागेकामा हर्ष प्रकट गरे। 

अभिनेत्री मिथिला शर्माले यस चलचित्रमा आफूलाई अभिनयका लागि लिएकामा निर्माता र निर्देशकलाई धन्यवाद दिइन्।

मुख्य कलाकार रक्षा थापाले यो चलचित्रमा एकदमै धेरै भावना जोडिएको बताइन्। उनले ‘बाटो’ हेर्दा चलचित्र सकिएको थाहा नै नहुने बताइन्। 

काठमाडौँ फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रका निर्माता चन्दन झा हुन्। यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायांकन गरेका हुन्।

चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ।

यो फिल्म जेठ ३२ गतेदेखि नेपालभर प्रदर्शन हुँदै छ। नेपालीसहित हिन्दी, तमिल, तेलुगु र अंग्रेजी भाषामा रिलिज गर्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .