फिल्म ‘पेनसनपट्टा’ बन्ने भएको छ। कलाकार माओत्से गुरुङले निर्देशनमा ‘पेनसनपट्टा’ बन्न लागेको हो।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन्।
माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरडिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए।
केही महिना अगाडि माओत्सेको निर्देशन रहेको सिनेमा ‘दयारानी’ रिलिज भएको थियो। गुरुङको डेब्यु फिल्मले बक्सअफिसमा राम्रै व्यापार गरेको थियो।
चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा पनि होमिएका हुन्। उनी गुरुङ भाषाका सिनेमा पनि निर्देशन गर्दै आएका छन्।
माओत्से कलाकार, निर्देशकसँगै निर्माता पनि हुन्।
24
Shares
प्रतिक्रिया