ad ad

कला


लोकगायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने

लोकगायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने

नेपालखबर
जेठ २७, २०८१ आइतबार १८:२२, काठमाडौँ

दरबार रोधी क्लबले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ। दरबारमार्गमा रहेको यो रोधीले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा बस्नेतलाई सम्मान गर्ने जनाएको छ।

‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका ८१ वर्षिया बस्नेतले समाजका विकृति, विसङ्गती, कु–संस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याएको भन्दै सम्मानित गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए।

गिरीका अनुसार लोकदोहोरी गायनमै पुर्यायाएको योगदानको कदर गर्दै लोक गायक बद्रि पंगेनी, सुनिता दुलाल र कृष्ण आँशुलाई पनि विशेष सम्मान प्रदान गरिनेछ। त्यस्तै, पत्रकारका तर्फबाट ऋषी धमलालाई विशेष सम्मान गरिनेछ।  

दरबार रोधी क्लबले जेठ ३२ गतेदेखि असार २ गतेसम्म तीन दिन भव्य रुपमा वार्षिकोत्सव मनाउने निर्णय गरेको छ। कार्यक्रममा पाँचजना कला पत्रकारलाई समेत पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिनेछ।

३२ जेठ शुक्रबार हुने उद्घाटन समारोहमा माननीय संस्कृति मन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी विशेष अतिथिका रुपमा सहभागी हुनेछन्। कार्यक्रममा पशुपति शर्मा, दुर्गेश थापा, टिका पुन, पुर्णकला विसी, करिष्मा ढकाल लगायत दर्जनौं कलाकार तथा मोडलहरु सहभागी हुनेछन्।

‘दोहोरी साँझ लोकदोहोरी कलाकारको करिअरको पहिलो खुड्किलो हो, लोकदोहोरी संगीतको पहिलो पाठशाला र रियाज गर्ने थलो पनि हो। यही थलोबाट आफ्नो सांगितिक करिअर सुर गरेर धेरै कलाकार स्थापित भए । हामीले हाम्रो वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेका छौं।’ अशोक गिरीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .