ad ad

कला


प्रदीप खड्काको फिल्म ‘प्रकाश’ अब भिडिओपसलमा हेर्न पाइने

प्रदीप खड्काको फिल्म ‘प्रकाश’ अब भिडिओपसलमा हेर्न पाइने

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १८:२४, काठमाडौँ

प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडिओपसल एपमा रिलिज भएको छ। सामाजिक कथावस्तुमा आधारित ‘प्रकाश’ प्रदीपको अभिनयको चौतर्फी तारिफ भएको थियो।

कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको चलचित्रमा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ।

यस फिल्ममा प्रदीपसहित दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतको अभिनय छ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ।

विदेशमा प्रदीपको राम्रो क्रेज रहेको र धेरैले उनको फरक अभिनय हेर्न चाहेकोले पनि चलचित्र प्रकाश राम्रो खुराक बन्नेमा विश्वस्त रहेको भिडिओपसल टिम बताउँछ्न्।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी साथै वेभसाइटमा पनि चलचित्र हेर्न सकिन्छ।

भिडिओ पसलमा २.९९ डलर देखि ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई फोर के गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ। उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, मेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .