भारतीय अभिनेत्री कंगना रनौतले चुनाव जितेकी छन्।
भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी रनौतले लोकसभाको निर्वाचन जितेकी हुन्।
कंगना हिमांचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट चुनावमा उठेकी थिइन्।
कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएकी हुन्।
पहिलो पटक चुनावी मैदानमा उत्रेकी कंगनाले क्वीन, पंगा लगायतका थुप्रै फिल्ममा काम गरिसकेकी छन्। उनले पद्मश्री, ४ राष्ट्रिय अवार्ड र ५ फिल्मफेयर अवार्ड समेत पाइसकेकी छन्।
जितपछि कंगनाले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको मिडियासँग बताएकी छन्।
627
Shares
प्रतिक्रिया