ad ad

कला


सुशीलको मुख्य भूमिकामा फिल्म ‘आउट लः २१९’ बन्ने, असोज ३ गते रिलिज डेट

सुशीलको मुख्य भूमिकामा फिल्म ‘आउट लः २१९’ बन्ने, असोज ३ गते रिलिज डेट

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १९:४२, काठमाडौँ

फिल्म ‘आउट लः दभा २१९’को फस्टलुक रिलिज भएको छ। सार्वजनिक फस्टलुकमा फिल्मका अभोनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देखाइएको छ।

सार्वजनिक पोस्टरमा श्रेष्ठले मेसिनगन बोकेर उभिएका छन्।

स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा अमित अग्रहरिको लगानी रहेको छ। फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। यो फिल्म असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शन हुनेछ।

फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन छ। फिल्ममा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्। नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ।

चुल्ठे काजीको एक्सन रहेको फिल्ममा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन्। विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा श्रृजना सुत्रको कास्टिङ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .