ad ad

कला


नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति

असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाइने
नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १२:१६, काठमाडौँ

अन्तत: नेपाली चलचित्र क्षेत्रको नामबारे सहमति भएको छ। विकास बोर्ड र फिल्म सम्बन्धित संस्थासँगको सहमतीअनुसार नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने टुंगो लागेको हो।

सोमबार विकास बोर्डले फिल्म सम्बद्ध संस्थालाई नामाकरणको छलफलका लागि बोलाएको थियो। जुन छलफलमा सिनेमाण्डु नामाकरणबारे छलफल जुटेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए।

‘नेपाल चलचित्र क्षेत्रको नाम के राख्ने र चलचित्र दिवसबारे छलफल गर्न बोर्डबाट पत्राचार आएको थियो। यी विषयमा सोमबार चलचित्रसम्बन्धित संस्थाहरूको छलफल भएको थियो। सबैको सहमति अनुसार हामीले नेपाली चलचित्र क्षेत्रको नाम सिनेमाण्डु सिफारिस गरेका हौँ,’उनले भने।

उनका अनुसार सिनेमान्डु, हिमालय फिल्मस् र कान्तिपुर फिल्मस् नाममा छलफल चलेको थियो।

त्यसैगरि, नेपालको पहिलो फिल्म ‘आमा’ रिलिज भएको दिन असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाइने विषयमा पनि सहमति गरिएको छ।

‍नामाकरणबारे सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। बोर्डले बैठकले सो नाम अनुमोदन गरेपछि सञ्चार तथा सूचना प्रविधी मन्त्रालयमा पठाइनेछ।

मन्त्रालयले उक्त नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ। मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि नेपाली फिल्म क्षेत्रले औपचारिक रुपमा नाम पाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .