ad ad

साहित्य


डा. भोला रिजाललाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान

डा. भोला रिजाललाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १२:१२, काठमाडौँ

गीतकार संघ नेपालले १५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण गरिएको छ। सोमबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा गीतकार डा. भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’द्धारा सम्मान गरिएको छ।

संस्कृति, तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा. रिजाललाई १ लाख ५१ हजार रुपैयाँ सहित माला र र ताम्रपत्रद्वारा सम्मान गरिएको हो।

त्यसैगरी, मैथिली गीतकार अशोक दत्तलाई २५२५२ नगद राशि सहित ‘विष्णु मनसरा मातृभाषा २०८०’ प्रदान गरिएको छ।

सोही समारोहमा अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई १५ हजार राशिसहितको ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरियो।

त्यस्तै, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार पुरस्कार–२०८०’ मा छनौटमा परेका १० गीत मध्येबाट दुई गीत पुरस्कृत भए। मदनमाबो लिखित ‘आमा’ र विष्णु भण्डारी लिखित ‘चाहना हो तिमी मेरो’ गीत पुरस्कृत भएका हुन्। माबो र भण्डारी जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत भएका हुन्। 

यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०८०’बाट दुई गीति पुस्तक पुरस्कृत भए। गीतकार पूर्णबहादुर साउद शिरिष लिखित ‘आधाआधी’ र जनक वाग्ले लिखित ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका हुन्। साउद र वाग्लेलाई जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .