फिल्म ‘सानो संसार’ बन्ने भएको छ। काठमाडौंको कमलादीको गणेश मन्दिरमा आज फिल्मको शुभमुहूर्तसहित निर्माण घोषणा गरिएको हो।
चपली हाइट, फिटकिरी, फाटेको जुत्ता लगायतका फिल्म बनाइसकेका अर्जुन कुमारले यो फिल्म निर्माण गर्न लागेका हुन्। सिद्दार्थ पुडासैनीले फिल्मको निर्देशन गर्नेछन्।
यस फिल्ममा चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढो) को श्रीमती सीतादेवी तिमिल्सिनाले डेब्यु गर्नेछिन्। भद्रगोल, सक्किगोनी, मेरी बास्सै लगायतका सिरियलमा देखिसकेकी उनी फिल्ममा मुख्य भूमिकामा देखिनेछिन्। फिल्मको सुभसाइतमा सीतादेवीसहित केदार घिमिरेपनि पुगेका थिए।
सीतासहित यस फिल्ममा राज पंगेनी शर्मा, अन्जना रिजाल, शिशिर शिवाकोटी, अनु दाहाल लगायतको अभिनय हुनेछ।
यस फिल्मको कथा निर्देशक सिद्दार्थले सरिष्मा पुडासैनीसँग मिलेर लेखेका हुन्। काठमाडौंसहित नुवाकोट र धादिङमा खिँचिने फिल्मको छायाङ्कन जेठ २५ गतेबाट सुरू हुनेछ। आगामी असोजमा घटस्थापनाको अवसरमा फिल्म रिलिज गरिने निर्माणटिमको योजना छ।
Shares
प्रतिक्रिया