ad ad

कला


यस्तो छ फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर

यस्तो छ फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १८:३८, काठमाडौँ

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुलाई चित्रण गर्छ।

फिल्ममा मुख्य कलाकार दयाहाङ राई माइलाको भूमिकामा छन्। गाउँमा सडक पुगेपछि चोयाको काम गर्ने माइलाको जीवनमा आउने उताडचडावको कथा ट्रेलरमा देख्न सकिन्छ। आधुनिक उपकरण र सेवासुविधाले पार्ने गाउँले जीवनशैलीमा पार्ने प्रभावको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ।

ट्रेलरको सुरूदेखि अन्त्यसम्म बुवा र छोराको सम्बन्धलाई आकर्षक तरिकाले देखाइएको छ।  

यस फिल्ममा दयाहाङसहित पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। सुब्बासहित अमोद राईको लगानी रहेको फिल्मको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा भएको थियो।

फिल्ममा केशव राई, सुमित्रा राई, प्रेम सुब्बा, राज थापाको पनि अभिनय छ।

फिल्मको पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन्। अमोद राई र निर्देशक सुब्बा फिल्मको निर्माता हुन्।

अन्तर्राष्ट्रिय फेस्टिभलमा यो फिल्म ‘अ रोड टु भिलेज’ नामबाट प्रदर्शन भइसकेको छ। क्यानडाको टोरोन्टो फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भइसकेको यो फिल्म दक्षिण कोरियाको बुसान, ब्राजिलको साउ पाउलो, भारतको मुम्बई, स्वीडेनको गोटबर्ग, चीनको बेइजिङलगायत डेढ दर्जन चलचित्र महोत्सवमा छनोट भइसकेको छ।

राई जातिको सामाजिक पृष्ठभूमिमा आधारित यो फिल्म आगामी जेठ २५ गते रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .