ad ad

कला


‘फर्की फर्की’को प्रिमियरमा हरिवंशदेखि बालेनसम्म, अनमोलको भयो तारिफ

‘फर्की फर्की’को प्रिमियरमा हरिवंशदेखि बालेनसम्म, अनमोलको भयो तारिफ

नेपालखबर
जेठ १०, २०८१ बिहिबार ९:५९, काठमाडौँ

आजबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ लाई प्रिमियर शोमा रुचाइएको छ। बुधबार साँझ बिगमुभिजमा भएको भव्य प्रिमियरमा सञ्चारकर्मीसहित चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो।

फिल्म हेरेपछि सबै चलचित्रकर्मीहरूले फिल्मको कथावस्तु, मेकिङ र अनमोल केसीको खुलेरै तारिफ गरेका थिए। रिल कपल अनमोल र जसिता गुरुङ आकर्षणको केन्द्र बने।

अभिनेता हरिवंश आचार्यले यो फिल्म हेरेपछि नेपालमा कोरियन प्याटर्नको नेपाली फिल्म बनेको महसुस गरेको बताए। ‘फिल्म प्राविधिक रुपमा अत्यन्तै राम्रो छ । निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम धेरै राम्रो छ । फिल्मले युवा भाईबहिनीलाई झन राम्रो लाग्नेछ । उहाँहरुलाई मनपर्यो भने आफ्नो बुवाआमालाई पनि बोलाएर ल्याई हाल्नुहुन्छ’, उनले भने ।

त्यसैगरि, अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता फिल्म नौलो लागेको बताउँदै निर्माण टिमको प्रसंसा गरे। निर्मात्री समेत रहेकी नीता ढुंगानाले फिल्म नयाँ अवधारणामा बनेकाले दर्शकले हेर्न आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘निर्माताले पनि धेरै ठूलो रिस्क लिएर यो फिल्म बनाउनुभएको छ। सामान्यतया व्यावसायिक फिल्महरु चलिरहेका हुन्छन्, हिट भइरहेका हुन्छन् । तर यो किसिमको फिल्मलाई बनाउन धेरै गाह्रो हुन्छ । त्यसकारण नेपाली निर्मातालाई दर्शकले साथ दिनुपर्छ।’

निर्माता सुनीलकुमार थापाले ठूलो क्यानभासमा फिल्म एकदमै राम्रो बनेको बताए। ‘निर्माताले दिल खोलेर फिल्म बनाउनुभएको छ। निर्देशकले पनि राम्रो काम गर्नुभएको छ। छायांकन राम्रो छ। अनमोलको अभिनय ‘वाह’ नै छ। अन्य कलाकारको काम पनि अब्बल छ’, उनले भने ।

त्यसैगरी, निर्देशक झरना थापाले अनमोलको अभिनय निखारिएकोमा खुसी व्यक्त गरिन्। झरनाले यसअघि ‘ए मेरो हजुर’का दुईवटा श्रृंखलामा अनमोलसँग सहकार्य गरिसकेकी छिन्।

‘अनमोलको अभिनयमा धेरै सुधार भएको महशुस गरें । सबै पक्षले फिल्म अब्बल छ’, उनले भनिन् ।

अभिनेत्री सुरक्षा पन्तले फिल्म आफूलाई मनपरेको सुनाइन्। ‘बुलिङबाट स्टोरी बिल्ड अप भएको रहेछ । क्लाइमेक्सको टाइमिङ मनपर्यो। कलाकारको अभिनयमा कुनै खोट लगाउन छैन’, उनले भनिन् ।

त्यसैगरि, फिल्ममा विशेष भूमिकामा देखिएका अभिनेता सलोन बस्नेतले फिल्मले दर्शकलाई फ्रेसनेस दिने बताए। ‘नेपाली फिल्मको इतिहासमा सायदै पहिलोपटक टाइम लुपको कथामा फिल्म बनिरहेको छ। दर्शकले इन्जोय गर्नुहुनेछ’, उनले भने ।

अभिनेता सलिनमान बनियाँले फिल्म आफ्ना लागि ‘अमेजिङ’ रहेको बताए। अनमोलको तारिफमा उनले भने, ‘फिल्ममा टाइम लुपको कन्सेप्ट छ । सुरुदेखि अन्त्यसम्म राम्रो लाग्यो । मैले अनमोलको होस्टेलदेखि फर्की फर्कीसम्म आउँदै सबै फिल्म हलमा नै हेरेको छु । फर्की फर्कीसम्म आइपुग्दा उसको अभिनय उत्कृष्ट छ।’

फिल्मका अभिनेता अनमोल केसीले हल भरिएका कारण आफूले फिल्म हेर्न नपाए पनि फिल्म हेर्नेको प्रतिक्रिया उत्कृष्ट पाएको बताए। ‘सबैजनाले राम्रो भन्नुभयो । मेयर बालेन दाई(बालेन शाह)ले पुरै फिल्म हेरेर जानु भयो। त्यो हाम्रो ठूलो उपलब्धी हो’, उनले भने।

अभिनेत्री जसिताले आफूले ‘भयंकर’ प्रतिक्रिया पाएकाले खुसी लागेको बताइन्। 

फिल्म हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायत पनि हल पुगेका थिए। बालेन प्रिमियर शोमा प्रतिक्रिया नदिएपनि फ्रेस र सुन्दर फिल्म भन्दै  फेसबुकमा स्टाट्स लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .