ad ad

कला


‘ऊनको स्वीटर’को उपत्यका र मोफसल वितरक फाइनल, जेठ १५ देखि फ्लोरमा

‘ऊनको स्वीटर’को उपत्यका र मोफसल वितरक फाइनल, जेठ १५ देखि फ्लोरमा

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १४:९, काठमाडौँ

नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ उपत्यका र मोफसल वितरणका लागि सम्झौता भएको छ।

निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाही र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसन प्रालिसँग सम्झौता गरेको छ।

वितरक पक्का भएसंगै निर्माण टिम जेठ १५ गतेदेखि फ्लोरमा जाने तयारीमा छ। जेठ २५ गते सुटिङ थालिने निर्देशक चौहानले जानकारी दिए। फिल्मलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ।

फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा देखिनेछन्। तीन महिनाअघि फिल्मको टाइटल गीत फूलको पूरा अंशसँगै विपिन र मिरुनाको नयाँ अवतार पनि सार्वजनिक गरिएको थियो।

‘ऊनको स्वीटर’ निर्देशक  चौहानको पहिलो फिचर फिल्म हो। आर्टमान्डुले निर्माण गर्ने फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, प्रेम सुब्बा, कलाकारको अभिनय छ।

यसअघि आर्टमान्डुले निर्माण गरेका म्युजिकल फिल्महरू लोकप्रिय छन्। फिल्मको कथा निर्देशक चौहानले नै लेखेका हुन् भने सहलेखन सुरज कटुवालले गरेका छन्। फिल्ममा मुख्य सहायक निर्देशक फिरोज खड्का छन्।

फिल्म गायक सुजन चापागाईं र  कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउदको  शब्द रचना रहनेछ।

फिल्ममा झुमा लिम्बुको पनि एउटा गीत छ। फिल्ममा सुरज तमुले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्। फिल्ममा काजी रानाले प्रोडक्सन डिजाइन गर्नेछन्।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेन्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्। फिल्म यो वर्षको असोज/कात्तिकमा प्रदर्शन गर्ने लक्ष्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .