ad ad

कला


शाहिदसँग ब्रेकअपको १३ वर्षपछि करिनाले खुलाइन् कारण

शाहिदसँग ब्रेकअपको १३ वर्षपछि करिनाले खुलाइन् कारण

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १२:४४,

कुनै सयम बलिउड अभिनेत्री करिना कपूर खान र शाहिद कपुर चर्चित जोडीका रुपमा थिए। दुवैले धेरै वर्षदेखि एक अर्कासँग ‘डेटिङ’ गरिरहेका थिए भने उनीहरूले विवाह गर्ने तयारी गरिरहेको समाचार समेत आएको थियो।

तर, अचानक उनीहरू दुबै छुट्टिए। ब्रेकअपको १३ वर्षपछि करिनाले पहिलो पटक शाहिदसँग अलग हुनुको कारण बताएकी छन्।

करिना र शाहिदले धेरै पटक पर्दामा रोमान्स गरेका थिए। इम्तियाज अली निर्देशित सुपरहिट फिल्म ‘जब वी मेट’ पछि उनीहरुको ब्रेकअप भयो। यसपछि करिना कपूरले अभिनेता सैफ अली खानसँग विवाह गरिन्।

शाहिद कपुरसँग ब्रेकअप भएको वर्षौंपछि एक अन्तर्वार्तामा करिनाले यस विषयमा खुलासा गरेकी हुन्। यस अन्तर्वार्तामा करिनाले आफ्नो ब्रेकअपदेखि सैफ अली खानसँग विवाहसम्म बारेमा खुलस्त कुरा गरेकी थिइन्।

शाहिद कपूरसँग ब्रेकअपको बारेमा कुरा गर्दै करिनाले भनेकी छन्, ‘भाग्यका आफ्नै योजनाहरू हुन्छन् र जीवन पनि त्यसै अनुसार चलिरहन्छ। जब वी मेटको शुटिङदेखि लिएर ‘तशन’सम्म आइपुग्दा धेरै घटनाहरु भए, जस पछि हामी अलग अलग बाटो लाग्यौँ।’

जब वी मेटमा करीनाको गीत नामक युवतीको भूमिकामा थिइन्। उनले आफ्नो जीवनमा पनि त्यही गीत चरित्रको फिल्मको पहिलो र दोस्रो खण्डमाजस्तो परिवर्तन आएको बताइन्।

करिना र सैफले २०१२ मा विवाह गरेका थिए। उनीहरुको एक छोरा छन्। करिनासँग छुटेपछि शाहिदले पनि २०१५ मा मीरा राजपूतसँग विवाह गरे।उनका एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .