वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो फिल्मको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए।
‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शङ्कर कोइरालाले बताए। यस चलचित्रमा वर्षासहित अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् ।
यस फिल्मबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन्। निर्देशक कोइरालाले पनि यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका छन्।
‘मोदीबेनी’मा अमर, वर्षा र रेजिनासहित प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।
Shares

प्रतिक्रिया