ad ad

कला


हलिउडका चर्चित निर्देशक स्टिवनकी छोरी मिकेला पोर्न स्टार बन्दै

हलिउडका चर्चित निर्देशक स्टिवनकी छोरी मिकेला पोर्न स्टार बन्दै

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ४:४९,

हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी पोर्न स्टार बन्ने भएकी छन्।

आफ्ना आमाबुबाको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षिया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी हुन्।

यो निर्णयमा आफ्ना आमाबुबा तथा हुनेवाला पतिले समेत समर्थन रहेको उनले बताएकी छन्।

आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने मिकेलाको भनाइ छ।

चर्चित पत्रिका ‘द सन’लाई दिएको अन्तर्वार्तामा उनले आफू दिनदिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकोले यो निर्णय गरेको बताएकी छन्।

साथै आफू स्ट्रिपर बन्ने उनले घोषणा गरेकी छन्। यसका लागि सुरूमा स्ट्रिप लाइसेन्स लिने र कुनै क्लबमा काम गर्ने उनले जानकारी दिएकी छन्।

मिकेला निर्देशक स्टिवनकी आफ्नै छोरी भने होइनन्, धर्मपुत्री हुन्।

स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिङ्कन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्।

उनीसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .