ad ad

कला


राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १५:३०, काठमाडौँ

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनबाट कटवालको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबारबाट सुरु भएको महाधिवेशनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले उद्घाटन गरेका थिए।

मुलुकका २० हजारभन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाबाट कलाकारहरु सहभागी भएका छन्।

शनिबार राति सम्पन्न अधिवेशनबाट संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती चयन भएका छन्। यस्तै उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मान बहादुर तामाङ र रबिन्द्र रिमाल, सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भएका छन्।
यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन्।

यसैगरी संघको केन्द्रीय सदस्यहरुमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदिप रोक्का,अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बिसी, ढकबहादुर खत्री, उमेश शिवाकोटी, दिल बहादुर भण्डारी (दिनेश), यज्ञ कुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा उपमहासचिव, सचिव, सहसचिव र महिला सदस्यमा मतदान भयो भने बाँकी अन्य पद निर्विरोध निर्वाचित भए। निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले आइतबार बिहान पद तथा गोपनीयताको सपथ खुवाएको छ।

पद तथा गोपनियताको सपथ लिएसँगै नव निर्वाचित अध्यक्ष प्रकाश कटवालले संस्थामा सबैलाई मिलाएर अगाडी बढाइने बताए।

‘कलाकारको हक हितमा नयाँ योजना, यस संघको आफ्नो भवन निर्माण, कलाकार कल्याणकारी कोष स्थापना र संगीत विकास बोर्ड स्थापनमा मेरो विशेष प्रथमिकता रहने छ’ उनले भने।

उद्घाटन समारोहका शुभारम्भमा नौमती बाजाले अतिथिहरुलाई स्वागत गरिएको थियो। देउडा नृत्य, झाँकी नाच, हुड्केली नृत्यसहित विभिन्न नृत्यले कार्यक्रमलाई निकै आकर्षक तुल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .