बलिउडमा जतिसुकै ठूला सुपरस्टार भए पनि उनीहरुले असफलताको स्वाद पक्कै चाखेका छन्। बलिउडका अमिताभ बच्चनदेखि शाहरुख खान र राजेश खन्नासम्मका धेरै एक्टरको करियरमा नराम्रो समय आएको थियो। जब यी एक्टरका फिल्महरु बक्सअफिसमा असफल भए, तब उनीहरुले फ्लप एक्टरको ट्याग खेप्नुपरेको थियो।
यो सूचिमा सलमान खानको नाम पनि आउँछ। भलै अहिले सलमान बलिउडका दबंग खान हुन्। र, उनीसँग दुस्मन गर्नुअघि १० पटकसम्म सोच्छन्।
तर, एक समय यस्तो थियो। ‘मैने प्यार किया’ जस्ता सफल फिल्म दिएपनि उनलाई सार्वजनिक रूपमा ‘फ्लप अभिनेता’ भनिन्थ्यो।
सलमान खानको करियरमा सुरज बडजात्याले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सन् १९८९ मा रिलिज भएको दबंग खानलाई सबैभन्दा हिट फिल्म ‘मैने प्यार किया’ दिने उनी नै हुन्। तर, यो फिल्म रिलिज भएको केही वर्षपछि सलमान खानको फिल्महरू बक्स अफिसमा असफल हुन थाले ।
एकपटक सलमान खानसँग सार्वजनिक रूपमा यस्तो भयो, जुन उनले सोचेका पनि थिएनन्। अभिनेता नसीर खान, जो सलमान खानका नजिकका साथी पनि हुन्। उनले एक अन्तर्वार्तामा सलमानसँग सम्बन्धित पुरानो किस्सा सेयर गरे।
उनका अनुसार जुहुमा एउटा होटेल थियो, जुन समुद्री खानाका लागि निकै प्रसिद्ध थियो। जहाँ नसीर सलमानसँगै डिनर गरिरहेका थिए।
‘यो ९० देखि २००० को दशकको कुरा हो, जब उनका फिल्महरू फ्लप भएका थिए। त्यहाँ केही युवा केटाहरू आए, उनीहरूले सलमान खानलाई देखे। र, अटोग्राफ लिन्छु भने। त्यसपछि एक केटाले भने, ऊ फ्लप अभिनेता हो, कहाँ अटोग्राफ लिइरहेको भन्दै हातबाट खोसे,’उनले भने।
नसीर खानले अघि थप्दै भने, ‘सलमान खानले त्यो सुनेका थिए। र ती केटाहरूले के गरे त्यो पनि हामी सबैले देख्यौं। उनको जीवनको त्यो अवधि यस्तो थियो जब उनको जन्मदिनमा फूल पनि आउँदैनथ्यो। अब २७ डिसेम्बर पूर्ण उत्सवको दिन भएको छ।’
तर, सलमानले भने ती युवकहरूको कुरालाई नकारात्मक रूपमा लिएनन्।
Shares
प्रतिक्रिया