न्यूयोर्कमा रहेको ‘मेट्रोपोलिटेन म्यूजियम अफ आर्ट्स् कस्ट्युम इन्स्टिच्यूट’का लागि चन्दा संकलन गर्न ‘मेट गाला २०२४’ आयोजना गरिएको छ। नेपाली समयअनुसार आज सम्पन्न भएको गालामा विश्वका सेलिब्रेटीहरुले आफूलाई विभिन्न फेसनमा प्रस्तुत गरे।
हलिउड अभिनेत्री जेन्डाया, किम कार्दसियन, एरियाना ग्राण्डे, दोजा क्याट, रीता ओरा, शाकिरा लगायतका सेलिब्रटीहरु गालामा आफ्नो फेसन देखाए। जसमध्ये हलिउड अभिनेत्री जेन्डाया मेट गालाको आकर्षणको केन्द्र बनिन्। ‘ड्युन’ स्टार जेन्डाया दुई फरक लुक्समा देखिएकी थिइन्।
त्यस्तै, बलिउड अभिनेत्री आलिया भट्टले पनि गालामा सहभागी भइन्। आलियाले चर्चित बलिउड डिजाइनर सब्यसाचीको साडीमा मेट गाला २०२४ को कार्पेटमा प्रवेश गरेकी थिइन्। उनी निकै निकै सुन्दर देखिइन्।
यो वर्ष नेक्ड ड्रेस मेटगालामा ट्रेन्डिङ बन्यो। गायिका रीता ओराले बहुरंगी बडीस्वीट लगाउँदा दोजा क्याट पनि पारदर्शी पहिरनमा लगाएर उपस्थितको ध्यान खिँचिन्। गायिका शकिराले आफूलाई रातो रंगको कपडामा फेसन देखाइन्।
तस्बिरहरु
Shares
प्रतिक्रिया