हलिउडका भेटेरान निर्देशक मार्टिन स्कोर्सिजले यस वर्षको ओस्कार विजेता निर्देशक बङ जुन होलाई पत्र लेख्दै आफू उनको अर्को फिल्मको प्रतीक्षामा रहेको बताएका छन्।
बङनिर्देशित ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकसँगै चार विधामा ओस्कार हात पारेको थियो।
अवार्ड स्वीकार गर्दै बङले स्कोर्सिजप्रति सम्मान समेत व्यक्त गरेका थिए।
‘मैले आज पत्र पढेँ। यो मेरा लागि निकै ठूलो सम्मानको कुरा हो,’ बङले दक्षिण कोरियाको राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनमा बुधबार भने, ‘उनले मलाई केही समय आराम गर्न भनेका छन् र उनी मेरो फिल्म पर्खिरहेका छन्।’
बङले यसपछि आफू दुई प्रोजेक्टमा व्यस्त हुने बताएका छन्। जसमध्ये एउटा फिल्म हुनेछ भने अर्को एचबीओबाट निर्माण हुने प्यारासइटबारेकै मिनी सिरिज। एजेन्सी
प्रतिक्रिया