ad ad

कला


नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासले ल्याए ‘सुरुवात’

नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासले ल्याए ‘सुरुवात’

नेपालखबर
फागुन ७, २०७६ बुधबार ८:५०,

चर्चित युवा गायक प्रताप दासको ‘सुरुवात’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक दासले आफ्नै युट्युब च्यानलबाट गत शुक्रबार गीतको भिडियो बजारमा ल्याएका हुन्।

प्रताप दास नेपाल आइडलबाट चर्चामा आएका युवा गायक हुन्। यो गीतले उनको लोकप्रियताको उचाइ थप्ने देखिएको छ। मायामा परिसकेपछि प्रेमी पे्रमिकाको मनमा हुने अनेकौं आभाषहरु गीतमा प्रतिविम्बित छन्। पहिलो प्रेमको अनुभूति समेटिएको गीत मनिसा खड्काले लेखेकी हुन्।

मनोज थापा मगरको संगीत र देवेश राईको संगीत संयोजनले गीतको भावलाई थप सशक्त बनाइदिएको छ। फराज अर्पणले निर्देशन रहेको भिडियोमा मिनाक्षी र समीरको अभिनय हेर्न सकिन्छ । भिडियोको छायाँकन र सम्पादन समेत निर्देशक फराज अर्पणले नै गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .