कला


प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’को प्रदर्शन मिति घोषणा

प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’को प्रदर्शन मिति घोषणा

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १२:५९, काठमाडौँ

बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ को प्रदर्शन मिति तोकिएको छ। प्रभास स्टारर यो फिल्म आगामी असार १३ (जुन २७) मा रिलिज हुनेछ।

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा प्रभाससहित दीपिका पादुकोण र अमिताभ बच्चन फिचर्ड छन्।

यसअघि यो फिल्म मे ९ देखि रिलिज हुने बताइएको थियो।

यस फिल्ममा प्रभास, दीपिका अमिताभसहित कमल हसनको पनि अभिनय छ।

नाग अश्विनको निर्देशनमा बनेको यो चलचित्रमा भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ। कल्की २८९८ एडी जुन २७ मा तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दीलगायत धेरै भाषामा रिलिज गर्ने तयारी छ।

सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .