फिल्म ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ। ट्रेलरले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको समयमा फिल्मको पहिलो गीत ल्याइएको हो।
प्रेमिल गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर सुन्न सकिन्छ। गीतमा रोमनकै शब्द र संगीतमा रहेको छ।
गीतको भिडिओमा मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन्। भिडिओमा अनमोल र जसिताको अनस्क्रिन रोमान्स देख्न सकिन्छ।
किरण थापाको कोरियोग्राफी रहेको भिडिओलाई विजेश पौडेलले सम्पादन गरेका हुन्। सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ।
अनमोल र जसितासहित रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ।
फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन्। यो फिल्म आगामी जेठको १० गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया