पछिल्लो समय वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’ मा समावेश ‘बुझिनँ मैले’ गीत चर्चामा छ।
प्रकाश सपुतको शब्द/संगीत रहेकाे याे गीतमा समीक्षा अधिकाकीले स्वर दिएकी छिन्।
गीत चर्चामा हुँदा गायिका समीक्षा अधिकारीले जापानको टोकियोमा सांगीतिक प्रस्तुति दिएकी छिन्। उक्त कार्यक्रममा समीक्षाले पुरानासहित अहिलेको चर्चित गीत ‘बुझिनँ मैले’ समेत गाइन्।
समीक्षाले स्टेजमा बुझिनँ मैले गीत गाउँदा दर्शकहरु निकै रमाएका थिए। उनीसँगै लय मिलाउँदै दर्शकहरुले गीत गाउँदै झुमिरहेको भिडिओमा देख्न सकिन्छ। उक्त भिडिओलाई समीक्षाले जापानको माया भन्दै फेसबुकमा सेयर गरेकी छिन्।
यो कार्यक्रम बाग्लुङ समाज जापान र बिहुँकोट समाजको संयुक्त आयोजनामा भएको थियो। साथै उनले त्यहाँ बालापनको उमेरदेखि कुरा बुझ्नु पर्च, सुर्ती माड्दै लगायतका हिट गीत गाएकी थिइन्।
Shares
प्रतिक्रिया