ad ad

कला


निधनपछि प्रकट पंगेनीको यो गजल सामाजिक सञ्जालमा भाइरल (भिडिओ)

निधनपछि प्रकट पंगेनीको यो गजल सामाजिक सञ्जालमा भाइरल (भिडिओ)

गजलकार तथा साहित्यकार प्रकट पंगेनी ‘शिव’


नेपालखबर
बैशाख ५, २०८१ बुधबार ८:१२, काठमाडौँ

गजलकार तथा साहित्यकार प्रकट पंगेनी ‘शिव’को निधनपछि उनका केही गजल यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। 

गजलकार पंगेनीको ७० वर्षको उमेरमा मंगलबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो। 

उनको निधनमा दुःख व्यक्त गर्नेहरूले सामाजिक सञ्जालमा उनका गजल सेयर गरिरहेका छन्। तीमध्ये ‘साँझमा दियो बालिराख्यौ, को आउँदै छ आज?’ गजल पनि एक हो। 

उक्त गजलको भिडिओ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सेयर गरेका छन्। 

उक्त गजलका साथ श्रद्धाञ्जली व्यक्त गरेका शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छाडेर जानुभएको कैयौँ गजलले तपाईंको सम्झना दिलाइरहने छन्, हामी सम्झिरहनेछौँ। तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा!’ 

तल हेर्नुहोस विश्वप्रकाश शर्माले सेयर गरेको प्रकट पंगेनीले गजल वाचन गर्दै गरेको यो भिडिओ क्लिप्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .