ad ad

कला


फिल्म ‘सारंग’को सुटिङ सुरु, ऋचा शर्मा मुख्य भूमिकामा

फिल्म ‘सारंग’को सुटिङ सुरु, ऋचा शर्मा मुख्य भूमिकामा

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १३:१, काठमाडौँ

बाल मनोबिज्ञानमा आधारित फिल्म ‘सारंग’ को सुटिङ सुरु भएको छ। फिल्मको कान्जिरोबा स्कुल, कोटेश्वरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सुटिङ थालिएको हो। सुटिङ सेड्युल करिब एक महिनाकाे छ।

केही दिनअघि घोषणा गरिएको फिल्मको सम्पूर्ण सुटिङ काठमाडौँ आसपासमै गरिनेछ। प्रशान्त तामाङको निर्देशन रहेको फिल्ममा ऋचा शर्मा मुख्य भूमिकामा छिन्।

यस फिल्ममा कोरियोग्राफरको रुपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको छ। यस फिल्मले बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा प्रस्तुत गर्नेछ।

यसअघि तामाङले बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ निर्देशन गरिसकेका छन्।

फिल्ममार्फत् समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा गरेको उनको भनाइ छ।

फिल्ममा ऋचासहित उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन्। यस फिल्मलाई बालदिवसको छेकोमा रिलिज गरिने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .