ad ad

कला


विभिन्न विभागमा महिला प्रमुख भएको ‘एक मुठ्ठी बादल’ को सुटिङ सकियो

विभिन्न विभागमा महिला प्रमुख  भएको ‘एक मुठ्ठी बादल’ को सुटिङ सकियो

नेपालखबर
बैशाख २, २०८१ आइतबार १३:१३, काठमाडौँ

बहुसंख्यक महिला युनिकको संलग्नता रहेको ‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ को छायाङ्कन भएको छ। पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्म २२ दिनको सेड्युलमा सकिएको हो।  

लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो फिल्ममा पहिलो पटक महिलाले निर्माणका विभिन्न विभागमा प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा चलचित्रकर्मीहरू भित्रको महत्त्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो। अध्ययन्को निष्कर्ष अनुसार, नेपाली चलचित्रमा १० प्रतिशतभन्दा कम महिलाहरूले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्।

यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका छनोट गरेको हो। यसले फिल्म निर्माणमा विधमान लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास छ।

साहारा शर्माको लेखन तथा निर्देशन रहेको यस फिल्ममा छायाँकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन् । भियतनामकी ड्यानको यो तेश्रो फिचर चलचित्र हो भने, एक मुठ्ठी बादल पहिलो नेपाली फिचर चलचित्र हुनेछ।

यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन्। कीर्ति जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गर्दा पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन्।

यस फिल्ममा महिला कलाकारलाई नै मुख्य भूमिकामा छन्। आँचल शर्माको मुख्य भूमिका रहेको फिल्ममा निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय छ।

प्रस्तुत कलाकार तथा प्राविधिकको संलग्नतामा विविध प्रतिभाले क्यामेरा पछाडि मात्र नभई अगाडि पनि महिलालाई सशक्तिकरण गर्ने स्पष्ट सन्देश दिने विश्वास लिइएको छ।

गत नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर फिल्मको सुटिङ सुरु गरिएको थियो।  यस फिल्मलाई अर्को वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका चलचित्रलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाको लगानी रहेको छ।

निर्देशक सहारा शर्माले चलचित्रको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन्। बलिउडका ‘रक्षा बन्धन’ लगायतका चलचित्रमा आर्ट असिस्टेन्टको काम गरेकी यशस्वी सबरवालले नेपाल हरकोहीलाई स्वागत गर्ने प्रकृतिको रहेको र आफूले पनि त्यस्तै स्वागत पाएको बताइन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .