ad ad

कला


प्रिमियर शोमा फिल्म ‘डिग्री माइला’को तारिफ, कसले के भने?

प्रिमियर शोमा फिल्म ‘डिग्री माइला’को तारिफ, कसले के भने?

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १३:३४, काठमाडौँ

रिलिजको संघारमा बिहीबार साँझ बिग मुभिजमा फिल्म ‘डिग्री माइला’ प्रिमियर शो राखिएको थियो। जहाँ फिल्मकर्मीसहित नेताहरुको उपस्थिति थियो।  बिग मुभिजकै तीनवटै हल भरिभराउ थिए। 

‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्माले पहिलोपटक सहकार्य गरेका हुन्। प्रिमियर शोमा पुगेका सबैले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

‘जारी’ मा दयाहाङको जोडी बनेकी अभिनेत्री मिरुना मगरले सिनेमा यो फिल्म एकदम राम्रो लागेको बताइन्।

उनले भनिन्, ‘एकदमै राम्रो लाग्यो मलाई। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो।’

उनले आँचलको प्रशंसा गर्देँ भनिन्, ‘आँचलजीको काम एकदमै रिफाइन लाग्यो। पूरा टिम हेर्दा आफ्नै लाग्यो। तर, आफूलाई मिसचाहिँ गरिन।’

त्यसैगरी, लुट फिल्ममा चर्चा कमाएकी अभिनेत्री सृजना सुब्बाले सिनेमाको अन्तिम दृश्यले गर्दा आफूलाई भारी बनाएको बताइन्।

‘एकदमै मन कस्तो भारी भइराख्यो। रामबाबुको राम्रो पक्षचाहिँ एकदमै गहन कुराहरुलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने तरिका एकदमै राम्रो छ। कबड्डीमा जुन प्रकारको थियो, त्यो हिट पनि भयो। योचाहिँ मलाई झन् एकदमै मनपर्‍यो’, उनले भनिन्।

यसैगरी संगीतकार चेतन सापकोटाले फिल्म हेरिरहँदा मनोरञ्जन लिएको भन्दै प्रशंसा गरे। वरिष्ठ अभिनेता शिव श्रेष्ठले राम्रो सिनेमा बनेको भन्दै तारिफ गरे।

एमाले नेता एवम् संघीय सासंद रघुजी पन्तले समग्रमा सिनेमामा मनोरञ्जक रहेको र सिनेमाले सन्देश पनि बोकेकाले आफूलाई मन परेको बताए।

‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जनपूर्ण ढंगले देखाएको छ। टिपिकल रामबाबुको फिल्म हो। उनको स्टाइल हो’, उनले भने।

उनले डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै उनीहरुलाई देश छोडेर नजानसमेत आग्रह गरे।

रामबाबु गुरुङकै कथा रहेको फिल्म आज बिहानैबाट रिलिज भइसकेको छ। यस फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, आँचल शर्मा, विजय बराल, सोमनाथ खनाल, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .