ad ad

कला


‘रावायण’को लागि ‘एक्सन’ सिकिरहेका पल शाह

‘रावायण’को लागि ‘एक्सन’ सिकिरहेका पल शाह

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १४:२६, काठमाडौँ

अभिनेता पल शाह सुदर्शन थापाको फिल्म ‘रावायण’मा देखिँदै छन्। लभरब्वाइको भूमिकामा देखिँदै आएका पललाई दर्शकले यस फिल्ममा एक्सन लुकमा देख्न पाउनेछन्।

यसैको तयारीका लागि पल एक हप्तादेखि एक्सन सिकिरहेका छन्। उनी एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकेर अभ्यास गरिरहेका छन्।

दुई वर्षयता पल फिल्ममा देखिएका छैनन्। लामो समयको अन्तरलामा पल आउँदै गर्दा अब भने दर्शकले उनको लभरब्वाइभन्दा भिन्न छविमा देख्न पाउने भएका हुन।

‘रावायण’ भन्दा पहिला ‘पुजार सार्की’ फिल्म रिलिज हुनेछ। पुजार सार्कीमा पनि पल भिन्नै चरित्रमा देखिँदै छन्।

२०८१ को भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ वैशाखबाट सुटिङमा सुरु हुँदै छ।

सुदर्शन थापा प्रोडक्सन र पुजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन्।

फिल्मको मुख्य कलाकारहरुमा पलसंगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चन्दक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .