ad ad

कला


शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘द रेड सुटकेस’को अग्रिम टिकट बुकिङ खुला

शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘द रेड सुटकेस’को अग्रिम टिकट बुकिङ खुला

नेपालखबर
चैत २९, २०८० बिहिबार १४:०, काठमाडौँ

विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगिसकेको फिल्म ‘द रेड सुटकेस’ नेपालमा भोलि शुक्रबारदेखि  प्रदर्शन हुँदै छ। यसका लागि आज बिहीबार नै देशभरिका हलमा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ।

निर्माण कम्पनी आइसफल प्रोडक्सनले ५० शोसहित फिल्म रिलिज हुन लागेको जनाएको छ। क्यूएफएक्सका हलमा भने यो फिल्म रिलिज हुने छैन।

गत मंगलबार सीडीसी सिनेमाजको यस फिल्मको प्रिमियर शो राखिएको थियो। जहाँ धेरैले यस फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका थिए।

गत साता मात्रै ‘द रेड सुटकेस’को ओटीटी राइट खरिद एचबीओले  युरोपका १५ देशका लागि किनिसकेको छ। जसले आफ्नो लगानी उठिसकेको निर्माण टिमको दाबी छ।

भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर गरिएको यो फिल्म थुप्रै फेस्टिबलमा पुगिसकेको छ। भेनिसमा मेन्सन अवार्ड जित्नुका साथै भेनिसमै स्वतन्त्र समीक्षकहरूको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकका रूपमा देवकोटालाई बेस्ट फिचर फिल्मको अवार्डसमेत प्रदान गरेको थियो।

फिडेलको लेखनमा बनेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्की र प्रवीण खतिवडा मुख्य भूमिकामा छन्। सुशन प्रजापतिले खिचेको फिल्मको निर्माता निर्देशक देवकोटासहित रामकृष्ण पोखरेल र शोभा थापा हुन्।

शुक्रबार विदेशी फिल्म रिलिज हुने सम्भावना कम हुँदा द रेड सुटकेससहितका नेपाली फिल्मलाई फाइदा पुग्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .