गायिका खुसी थुलुङ्ग राईले नयाँ गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ ल्याएकी छिन्। एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतिसङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सार्वजनिक गरे।
उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन्। उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ।
किरातीले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिदै गीतसङगीत मन परेको प्रतिक्रिया दिए ।‘म गीतसङ्गीत धेरै बुझ्दिन तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु। खुसी बहिनीले गीतसङगीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ, निकै सुमधुर स्वर रहेको छ’, किरातीले भने।
गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन्। गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।
गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन। ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु। गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ।’
Shares
प्रतिक्रिया