भारतको होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लक्षित गर्दै अफर ल्याएको छ।
क्रम्पटनको “नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा“ नामक योजना सार्वजनिक भएको हो।
योजनाअन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्रमार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
ग्राहकहरुले यो योजनाको लाभ अधिकृत विक्रेताबाट चैत २३ देखि नै लिइरहेका छन्।
योजनाको अवधिभर लक्की ड्रमार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडियाको साइड बाई साइड रेफ्रीजिरेटर साथै बम्पर उपहारस्वरूप एक जोडी थाइल्यान्ड जाने मौका प्रदान गरिनेछ।
लक्की ड्रमा सहभागिता जनाउन क्रम्प्टन (स्पेस) कस्टुमर नेम (स्पेस) एड्रेस (स्पेस) वारेन्टी कार्ड नम्बर टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्ने जनाइएको छ।
नेपालको लागि क्रम्पटन ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गतको सीजी इम्पेक्स रहेको छ।
Shares
प्रतिक्रिया