कला


‘ज्वाइँ साब’ मा मुख्य भूमिकामा देखिँदै जितु नेपाल

‘ज्वाइँ साब’ मा मुख्य भूमिकामा देखिँदै जितु नेपाल

नेपालखबर
चैत २०, २०८० मंगलबार १२:३१, काठमाडौँ

फिल्म ‘ज्वाइँ साब’ मा कलाकार जितु नेपाल अनुवन्धित भएका छन्। वसन्त निरौलाको निर्देशन रहने याे फिल्ममा नेपाल मुख्य भूमिकामा देखिने छन्।

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मका लागि जितुसँग निर्माणपक्षले कागती सम्झौता गरिसकेको छ। यो फिल्म रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको हो।

सविन अधिकारीको कथा रहेको फिल्मको पटकथा तथा संवाद शंकर धितालले लेखेका हुन्। सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भनिनेछ।

यस फिल्ममा जोडिदा निकै उत्साहित रहेको जितुको भनाइ छ। फिल्मको सुटिङ वैशाख १५ गतेबाट सुरु गर्ने तयारी छ।

फिल्ममा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता बिजय बस्याल हुन्। यो फिल्मलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .