कला


विश्वभर आक्रामक ‘ड्युन पार्ट २’ को कमाइ, तोड्यो ड्युनको पहिलो पार्टको रेकर्ड

विश्वभर आक्रामक ‘ड्युन पार्ट २’ को कमाइ, तोड्यो ड्युनको पहिलो पार्टको रेकर्ड

नेपालखबर
फागुन २९, २०८० मंगलबार १७:१८, काठमाडौँ

हलिउड फिल्म ‘ड्युन पार्ट २’ विश्वभरि नै आक्रामक कमाइ गरिरहेको छ। यसको कमाइमा ड्युन पहिलो पार्टकै रेकर्ड तोडेको छ।

डेटलाइनले ‘ड्युन २’ को पछिल्लो व्यापार रिपोर्ट सार्वजनिक गरेको छ। आइतबारसम्म फिल्मले विश्वभर ४८ अर्ब (३६७.५ मिलियन डलर) बढीको व्यापार गरिसकेको छ।

कोलाइडरको रिपोर्ट अनुसार ‘ड्युन पार्ट २’ ले अमेरिकी बक्स अफिसमा ड्युन १ लाई हराएको छ। यो फिल्म १ मार्चबाट रिलिज भएको थियो।

घरेलु बक्सअफिसमा १५७.२ मिलियन डलर (२० अर्ब ८२ करोड रुपैयाँ) को व्यापार गरिसकेको छ। सन् २०२४ को सर्वाधिक कमाउने फिल्म समेत हो।

साइ फाई फिल्म ‘ड्युन पार्ट २’ ले दोस्रो हप्तामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। सन् २०२१ मा रिलिज भएको ‘ड्युन १’ले अमेरिकामा ८ अर्ब ९४ करोड (१०८ मिलियन डलर) र विश्वभर (४०० मिलियन डलर) ५२ अर्ब ९९ करोड बढीको कलेक्सन गरेको थियो।

ड्युनको दोस्रो पार्टले माउथ पब्लिसिटीबाट फाइदा पुगेको देखिन्छ। यस फिल्मले लामो समयसम्म हलमा राज गरिरहेको देखिन्छ। यो फिल्म १९० मिलियन डलर बजेटमा बनेको हो।

डेनिस भिलिनभको निर्देशनमा तयार भएको यस फिल्ममा जेन्डाया, टिमोथी चालमेट, रेबेका फर्गुसन, फ्लोरेन्स पग मुख्य भूमिकामा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .