भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ को उपाधि वैभव गुप्ताले जितेका छन्। आइतबार भएको फिनालेमा वैभव विजेता घोषित भएका हुन्।
वैभवले उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ र एक ब्रेजा कार पाए।
त्यसैगरी, फर्स्ट रनरअप शुभदीप दास, सेकेन्ड रनरअप पियुष पन्वार बन्दा र अनन्या पाल थर्ड रनरअप घोषित भए।
तर, उनी शीर्ष १० सम्म मात्रै अटाउन सकिन्। यसपटकको शोको जजको रुपमा विशाल ददलानी, श्रेया घोषाल र कुमार सानु रहेका थिए।
फिनालेमा सोनू निगम र नेहा कक्कडलाई विशेष जजको रुपमा बोलाएको थियो।
702
Shares
प्रतिक्रिया