ad ad

कला


सौगात मल्ल स्टारर ‘अगस्त्य’ लाई देशभरिका हलले दिए उच्च शो

सौगात मल्ल स्टारर ‘अगस्त्य’ लाई देशभरिका हलले दिए उच्च शो

नेपालखबर
फागुन १६, २०८० बुधबार १५:५६, काठमाडौँ

आउँदो शुक्रबारबाट सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘अगस्त्यः च्याप्टर १’ रिलिज हुँदैछ। रिलिजको तरखरमा रहेको यस फिल्मले नेपाली हलहरुमा उत्साहजनक शो पाएको छ।

फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन्। सौरभ चौधरी निर्देशित यस फिल्मले देशैभरिका १ सय ११ हलबाट २ सय ५९ शो पाएको छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो र उपत्यकाबाहिर २९ शो दिएको छ। त्यसैगरि, वान सिनेमाजले ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ। उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन्।

फिल्मका लागि कलाकार सौगातसहित नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ। यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए।

उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ । यो कुराले पनि फिल्मको चर्चा निकै चुलिएको छ। नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ ।

फिल्ममा सौगात र नाजिरसहित मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ।

प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन र निर्देशक चौधरी स्वयंको लेखन रहेको छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .