ad ad

कला


यामी गौतम अभिनित ‘आर्टिकल ३७०’ लाई खाडी मुलुकमा प्रतिबन्ध

यामी गौतम अभिनित ‘आर्टिकल ३७०’ लाई खाडी मुलुकमा प्रतिबन्ध

नेपालखबर
फागुन १४, २०८० सोमबार १४:५०, काठमाडौँ

गत शुक्रबारबाट रिलिज भएको यामी गौतम अभिनित भारतीय फिल्म ‘आर्टिकल ३७०’ बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। दर्शक र समीक्षकबाट पनि फिल्मले प्रशंसा बटुलिरहेको छ।

तर, यसैबीच मध्यपुर्वका देशहरुले ‘आर्टिकल ३७०’ प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्। खाडी मुलुकमा भारतीय फिल्म बजारको ठूलो रहेको छ। यस्तोमा ‘आर्टिकल ३७०’ को प्रतिबन्धले फिल्मको व्यापारमा असर पार्ने निश्चित छ।

सन् २०२४ मा खाडी मुलुकमा प्रतिबन्ध हुनेमा ‘आर्टिकल ३७०’ दोस्रो हिन्दी फिल्म हो। यसअघि मध्यपूर्वका देशहरुमा ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फाइटरलाई पनि रोक लगाइएको थियो।

यस फिल्मको कथा जम्मु कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गर्ने फिल्ममा नरेन्द्र मोदी सरकारको निर्णयमा आधारित छ। जसमा यामीले एक स्थानीय जासुसको भूमिकामा देखिएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .