कला


फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छ : भुवन केसी

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छ : भुवन केसी

फाइल फोटो


नेपालखबर
फागुन ७, २०८० सोमबार १९:३०, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन्।

आइतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमवार मकवानपुरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताए।

उनले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको बताए। उनले नेपाली चलचित्रलाई विश्वमाझ पुर्याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताए।

विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने केसीको भनाई थियो।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताइन्। उनले सिनेमामा नेपाली सौन्दर्यताहरु कैद गरेर ति दृश्यहरु प्रस्तुत गर्दा आन्तरिक र बाह्य पर्यटकहरु बढेको बताइन्।

अभिनेत्री अधिकारीले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताइन्। स्थानीय तहले  नै यसबारेमा बढी ध्यान दिन आवश्यक रहेको उनको भनाई छ।

कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रिभ्युमा रंगपत्रकारहरुले गरेको रिभ्युमा आक्रोश व्यक्त गरे। फिल्म पत्रकारले फिल्मको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न फिल्म बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको भन्दै आक्रोश जनाए।

फिल्मलाई फिल्मको नजरबाट हेर्न आवश्यक रहेको बताए। उनले राम्रो फिल्म बनाउँदा राम्रो भन्न सक्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .