नीति शाहको डेब्यु फिल्म 'खजुरे ब्रो' को छायाङ्कन सकिएको छ।
धरानमा फिल्मको सम्पुर्ण २५ दिनमा सकिएको फिल्मको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए। यो फिल्म पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा बनेको हो।
चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ।
सुटिङ्को क्रममा स्थानीयले ठुलो सहयोग गरेको निर्माता नवीन मानन्धरले बताए। सुरज सुनुवारको लेखन र निर्देशनमा बनेको फिल्मको छिट्टै पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ। दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको ‘खजुरे ब्रो’ को निर्माता सुनुवारसहित नवीन मानन्धर हुन्।
यस फिल्ममा नीतिसहित रेयर राई,महेश त्रिपाठी,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको अभिनय छ।
‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ। चलचित्रमा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । यस फिल्मलाई जेठ महिनामा प्रदर्शन गर्ने योजना रहेको छ।
Shares

प्रतिक्रिया