ad ad

कला


बुढानीलकण्ठ नगरपालिकाले ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ गर्ने

बुढानीलकण्ठ नगरपालिकाले ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ गर्ने

नेपालखबर
माघ २८, २०८० आइतबार ११:१, काठमाडौँ

काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले साहित्यिक तथा सांस्कृतिक महोत्सव गर्ने भएको छ। 

आगामी फागनु ११ र १२ गते नगरपालिकाले ‘बुढानिलण्ठ साहित्यिक–सांस्कृतिक महोत्सव २०८०’ आयोजना गर्न लागेको हो। 

बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा महोत्सवको संयोजनसमेत रहेकी नगरपालिकाकी उपप्रमुख अनिता लामाले महोत्सवबारे जानकारी दिएकी हुन्। 

महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले फागुन ११ र १२ गते गरी दुई दिन आयोजना हुने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए। 

पहिलो दिन फाल्गुन ११ गतेको कार्यक्रम बुढानीलकण्ठ नगरपालिका १३ स्थित चुनिखेल र दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव हुनेछ। 

महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुहरुको उपस्थिति रहने बताइएको छ।

विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै अन्तरक्रियात्मक कार्यक्रमहरु महोत्सवमा समेटिएका छन्। 

सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्ने यस महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .