कला


‘द पोइट आइडल’ को निर्णायक बन्दा आलोचना भएपछि केकीले भनिन् : दर्शकको अपिनियनलाई रेस्पेक्ट गर्छु

‘द पोइट आइडल’ को निर्णायक बन्दा आलोचना भएपछि केकीले भनिन् : दर्शकको अपिनियनलाई रेस्पेक्ट गर्छु

नेपालखबर
माघ २६, २०८० शुक्रबार १८:४६, काठमाडौँ

‘द पोइट आइडल’ को निर्णायकमा अनुबन्धित भएपछि अभिनेत्री केकी अधिकारीले विभिन्न आलोचना खेप्नुपर्‍यो। कविताको कार्यक्रममा कलाकारलाई जज बनाउनु उचित नभएको भन्दै केकीको निकै ट्रोल भयो। 

सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुँदा केकी मौन बसिन्। तर, आज पोइट आइडलको कार्यक्रममा केकीले मौनता तोडेकी छन्। 

आफूले दर्शकहरूको आलोचनालाई सकरात्मक रुपमा लिएको केकीको भनाइ छ। 

‘अहिलेको जमानामा हामीहरु अपिनियन राख्नुपर्छ भन्छौँ। अनि डिफेन्स पनि गर्न खोज्छौँ। म दुइटा खालको चरित्र देखाउन सही मान्दिनँ। त्यसकारण म अपिनियनलाई एकदम रेस्पेक्ट गर्छु। हामी कलामा किन छौँ ! यहाँ स्वतन्त्र रुपमा आफ्ना अभिव्यक्तिहरु भन्न सकिन्छ’, उनले भनेकी छन्, ‘म अपिनियनलाई छिटो ग्रहण पनि गर्न सक्छु। मैले यसकारण यसलाई सकरात्मक रुपमा लिए। सायद अभिनयसम्बन्धी रियालिटी शो आउँदा कवीलाई लिएको भए पनि यस्तै भन्थे होला। यो चिजलाई मैले सहर्ष रुपमा लिएकी छु।’

पोइट आइडलमा जोडिन पाउँदा निकै खुसी लागेको सुनाउँछिन् केकी। निर्णायकको भूमिकालाई आफू इमानदारिताका साथ निर्वाह गर्ने उनको भनाइ छ। 

‘पोइट आइडले यति ठूलो जिम्मेवारी दिएको छ। म निकै खुसी र उत्साहित छु। यो रियालिटी शोको अवधारणा आफैंमा फरक छ। मैले यो अवसर र चुनौती सहर्ष स्वीकार गरेँ। दिइएको भूमिकालाई इमानदारितासाथ निर्वाह गर्नेछु,’ उनले भनिन्, ‘मलाई धेरै दर्शकको साथ चाहिन्छ। किनकी सबैभन्दा ठूलो निर्णायक दर्शक हो। दर्शकको प्रतिक्रिया पनि चाहिन्छ। जुन तरिकाका कुरा आए, त्यसलाई मैले सकरात्मक दृष्टिकोणले लिए। यसले रियालिटी शोप्रति दर्शकहरु कति गम्भीर हुनुहुँदो रहेछ भन्ने पुष्टि गर्छ।’

कलाकार भएपछि कला र साहित्यप्रति पनि जिम्मेवारी रहेको अधिकारीले बताइन्। 

भन्छिन्, ‘म चलचित्रकर्मी हुँ। मैले पनि कलाक्षेत्रमा काम गरिरहेकी छु। मेरो पनि कला र साहित्यप्रति केही न केही जिम्मेवारी छ। साहित्य र चलचित्रलाई मैले कतै न कतै रुपमा जोड्न सके। अलिकति भएनि हाम्रो दर्शकमाझ विस्तार गर्न सके मेरो जिम्मेवारीमा म सन्तृष्ट हुने वाला छु। त्यसहिसाबले म खुसी छु। अडियन्सले आफ्नो अपिनियन राख्नुभयो। उहाँहरूको प्रतिक्रिया यसरी नै पाइराखुँ।’ 

पोइट आइडलको दोस्रो संस्करणमा जजमा केकीसहित विप्लप प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहेका छन्। 

दोस्रो सिजनमा ३० एपिसोड हुनेछन्। दिव्यदेवले होस्ट गर्ने पोइट आइडल आउँदो सोमबारबाट हिमालय टेलिभिजनमा प्रसारण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .