कला


गोपी कृष्ण मुभिज फागुन १ देखि बन्द हुने

गोपी कृष्ण मुभिज फागुन १ देखि बन्द हुने

नेपालखबर
माघ २६, २०८० शुक्रबार १४:३८, काठमाडौँ

काठमाडौंको चावहिलमा रहेको गोपी कृष्ण मुभिज प्रा.लि फागुन १ गतेदेखि बन्द हुने भएको छ।

२०५२ साल देखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज् २०८० साल फागनु १ गतेदेखि बन्द हुने कम्पनीले ‘दुःखका साथ जानकारी’ गराएको छ।

कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रा.लि.ले ठूलो आर्थिक घाटा व्यहोर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले बताएका छन्।

‘राज्यको विद्यमान कर प्रणलीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न’ कम्पनीले विज्ञप्तिमा भनेको छ।

आजसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका प्रालिले सबैलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad