ad ad

कला


यस्तो छ ‘पुजार सार्की’ को फस्टलुक पोस्टर

यस्तो छ ‘पुजार सार्की’ को फस्टलुक पोस्टर

नेपालखबर
माघ १४, २०८० आइतबार १६:२५, काठमाडौँ

दिनेश राउत निर्देशित पुजार सार्कीको फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा मुख्य अभिनेता आर्यन सिग्देलसहित प्रदीप खड्का र पल शाहलाई देख्न सकिन्छ।

तीनैजना चकलेटी कलाकार पोस्टरमा भिन्न लुक र गेटअपमा देखिएका छन्। जसले दर्शकहरुमा कौत्हलता थपेको छ।

यस फिल्ममा आर्यन, प्रदीप र पलसँगै अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ। साथै फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, तारा शर्मा लगायतको पनि अभिनय छ।

सुभाष भुसाल निर्माता रहेको यस फिल्ममा विकास सुवेदीको लेखन रहेको छ। यसअघि राउत र विपिनले प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ मा पनि सहकार्य गरेका थिए।

किङ्गडम नेटवर्कको प्रस्तुतिमा बन्ने फिल्मको हाल वर्कसप भइरहेको छ। यसै साताबाट छायाङ्कनमा जाने निर्माण टिमको योजना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .