ad ad

कला


जता अनमोल त्यतै सलोन!

जता अनमोल त्यतै सलोन!

नेपालखबर
माघ १, २०८० सोमबार १५:६, काठमाडौँ

‘होस्टेल’बाट अनमोल केसीले सिनेक्षेत्रमा डेब्यु गरे। यसै फिल्ममा अनमोलसहित सलोन बस्नेतले अभिनय गरे। उनी फिल्ममा अनमोलको साथीको भूमिकामा देखिएका थिए।

व्यवसायिक हिसाबले हिट यस फिल्ममा अनमोल र सलोनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाए।

त्यस बेलादेखि जता जता अनुमोल अनुन्धित हुन्छन्, अधिकांश फिल्ममा सलोन पनि देखिने गरेका छन्। अहिले पनि सलोन अनमोल अभिनित फिल्ममा अनुबन्धित भएका छन्। जुन सलोनको अनमोलसँगको नौपटकको सहकार्य हो।

अहिले अनमोलको मुख्य भूमिकामा फिल्म ‘फर्की फर्की’को दोस्रो चरणको सुटिङ चलिरहेको छ। यसैबीच, फिल्ममा सलोनको पनि इन्ट्री भएको निर्माण टिमले जनाएको छ।

लभस्टोरी जनरामा बनेको यस फिल्मको छायाङ्कन हाल काठमाडौंमा भइरहेको छ। सुयोग गुरुङ निर्देशन रहेको फिल्ममा अनमोल, सलोनसहित जसिता गुरुङसहित रवि काफ्ले र समृद्धि अर्यालको मुख्य भूमिका छ।

यस फिल्मलाई नरेश मैनालीले खिचिरहेका छन्। रोहित अधिकारी र ओम अग्रवालको लगानी रहेको यो फिल्म आगामी जेठ ११ गतेबाट रिलिज हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .