ad ad

कला


‘एनिमल’प्रति जावेदको टिप्पणी : महिलालाई अपमानित गरेको फिल्म हिट हुनु खतरनाक

‘एनिमल’प्रति जावेदको टिप्पणी : महिलालाई अपमानित गरेको फिल्म हिट हुनु खतरनाक

नेपालखबर
पुस २२, २०८० आइतबार १३:९, काठमाडौँ

‍रणवीर कपुर स्टारर बलिउड फिल्म 'एनिमल' को बक्सअफिसमा हिट भएको छ। फिल्मले राम्रो व्यापार गरेसँगै हिजो शनिबार मुम्बईको पाँचतारे होटलमा सक्सेज पार्टी समेत राखिएको थियो। 

यसैबीच, भारतीय गीतकार तथा लेखक जावेद अख्तरले एनिमल हिट हुनु खतरनाक भनेर टिप्पणी गरेका छन्। अजन्ता एलोरा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेका उनले एनिमलबारे घुमाउरो प्रतिक्रिया दिए। 

अख्तरले भने, ‘यदि कुनै चलचित्र छ, जसमा पुरुषले महिलालाई आफ्नो जुत्ता चाट्न भन्छ, यदि पुरुषले महिलालाई थप्पड दिनु ठीक मान्छ। र, त्यही फिल्म सुपरहिट छ भने त्यो निकै खतरनाक हो।'

आफ्नो बयानमा जावेदले दुई फिल्मसँग सम्बन्धित दृश्यहरू उल्लेख गरेका छन्। सबैभन्दा पहिले उनले रणवीर र तृप्ति डिमरीबीच फिल्मको एनिमलको विवादास्पद दृश्यको बारेमा कुरा गरे। त्यस्तै, उनले सन्दीप रेड्डीकै अर्को फिल्म ‘कबीर सिंह’ को एक दृश्यप्रति टिप्पणी गरे। किनकी कबीर सिंहमा शाहिद कपुरले कियारा आडवाणीलाई थप्पड हानेका छन्। 

फिल्मबारे कटाक्ष गरेपनि अख्खरले फिल्मका कलाकार र निर्देशकको नाम भने लिएनन्। साथै उनले ९० को दशकको हिट फिल्म 'खलनायक' को ‘चोली के पिछे’ गीतको समेत उदाहरण दिन भ्याए। 

‘हिजोको गीतमा कतिपयले प्रश्न उठाउँछन्। अब ‘चोली के पिच्छे’ को उदाहरण लिनुहोस्। समस्या यो होइन कि यो गीत ७ जनाले मिलेर बनाएका थिए।र, २ जना महिलाले प्रस्तुत गरेका थिए। समस्या यो हो कि यो गीतलाई दर्शकले हिट बनायो। डरलाग्दो यो गीतलाई करोडौंले मन पराएका छन्,' उनले भने। 

साथै दर्शकले पनि फिल्म हेर्दा जिम्मेवार हुनुपर्ने उनको तर्क छ। अख्खरले भने, ‘आज जिम्मेवारी फिल्म निर्माताभन्दा दर्शकको बढी छ। तपाईले हेर्नु भएको चलचित्र पनि तपाईको जिम्मेवारी हो। यसले भविष्यमा कस्तो किसिमको फिल्म बनाउने भन्ने कुरा तय गर्छ। अब तपाईले निर्णय गर्नुहोस् कि के सिर्जना गर्ने र के अस्वीकार गर्ने। हाम्रा फिल्महरूमा देखाइएका नैतिकता र मूल्यहरू तपाईंको हातमा छन्।'

जावेदअघि गीतकार तथा गायक स्वानन्द किरकिरेले पनि एनिमलको आलोचना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .