ad ad

कला


आर्किटेक इञ्जिनियर रन्जन सिंह शाहको  ‘मेरो सपना’  सार्वजनिक

आर्किटेक इञ्जिनियर रन्जन सिंह शाहको  ‘मेरो सपना’  सार्वजनिक

नेपालखबर
पुस २२, २०८० आइतबार १२:५९, काठमाडौँ

आर्किटेक इञ्जिनियर रन्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’ सार्वजनिक भएको छ। 

एक कार्यक्रमका बीच पूर्व मन्त्री डा.भेष बहादुर थापा, होटेल व्यवसायी,लेखक कर्ण शाक्य , प्राडा जिवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथाको विमोचन गरेका हुन्।

आत्मकथा मेरो सपना पुस्तकमा शाहले आफ्नो सानैदेखिको आर्किटेक इन्जिनियर बन्ने सपना कसरी पूरा भयो र आउने भावी पुस्ताले पनि नेपालको वास्तुकला (आर्किटेक) लाई कसरी बिश्वमाझ चिनाउन र बचाइराख्न सक्छन् भन्ने कुरालाई समेटेका छन्।

समा प्रिन्टर्सबाट प्रिन्टिङ ८० पृष्ठको आत्मकथा हाललाई इच्छुक पाठक माझ निशुल्क वितरण गरिएको छ। किताबको सहलेखन डा.शृस्टी शाहले गरेकी हुन्।

शाहले ५० वर्ष अर्किटेक इन्जिनियरमा बिताइसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट वीएससी सकिएपछि शाहले भारतको बरुडास्थित एम एस युनिभर्सिटीबाट आर्किटेक्चरमा डिग्री गरे। साथै नेदरल्याण्डबाट अर्किटेक्चरमा स्नाकोत्तर गरेका थिए। 

सिंहदरबारमा आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेबापत शाहलाई तत्कालिन राजा विरेन्द्र शाहले गोरखा दक्षिण बाहु तेस्रो बाट सम्मान गरेका थिए। एघारौ सार्क सम्मेलनमा खेलेको भूमिका बापत भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीबाट समेत सम्मान तथा पुरस्कार पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .