ad ad

कारोबार


सामसङ ए शृंखलाका दुई स्मार्टफोन बजारमा, मूल्य कति?

सामसङ ए शृंखलाका दुई स्मार्टफोन बजारमा, मूल्य कति?

नेपालखबर
पुस २२, २०८० आइतबार १२:५९, काठमाडौँ

साससङको ग्यालेक्सी ए सिरिजका थप २ नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस बजारमा आएको छ। 

यी नयाँ मोडलहरुको उपलब्धता सँगसँगै सामसङको इन्ट्री–लेभलका फोनको समुहले बहुप्रतीक्षित अपडेट प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ।

ग्यालेक्सी ए०५ मा २ प्रकारको मेमोरी ४/६४ जीबी र ६/१२८ जीबी रहनेछन् र ग्यालेक्सी ए०५एस मा ४/१२८ जीबी र ६/१२८ जीबी मेमोरी भेरिएन्टहरु रहनेछन्। 

यी नयाँ प्रस्तुत गरिएका दुवै ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एसमा क्रमशः ६.७ इन्च र ६.७२ इनचको स्क्रिनहरु सहितको ५० एमपि प्राइमरी क्यामरा जडित छन्। दुवै नयाँ स्मार्टफोनहरुले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडिका साथ १ टीबी बाह्य मेमोरीलाई समर्थन गर्नेछन्, जसको कारण प्रयोगकर्ताहरुले उनीहरुले क्याप्चर गरेका सबै मेमोरीहरु र स्टोरीहरुलाई सजिलै सुरक्षित राख्न सक्दछन्।

ग्यालेक्सी ए०५ मा ५० एमपी क्यामरा पछाडिपट्टि २ एमपीको डेप्थ लेन्स र अगाडिपट्टि ८ एमपी क्यामरा छन्। ग्यालेक्सी ए०५एसमा म्याक्रो लेन्स र अगाडिपट्टि १३ एमपी क्यामराका साथ २ एमपी क्षमतायुक्त सेन्सर भएको प्राइमरी क्यामरा तथा तीनवटा लेन्सयुक्त पछाडिको क्यामरा छ। 

ग्यालेक्सी ए०५एस सम्पूर्ण नयाँ क्वालकोम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सुसज्जित छ। ग्यालेक्सी ए०५एसमा थप सुविधा प्रदान गर्न साइड माउन्ट फिंगरप्रिन्ट सेन्सर पनि जडान गरिएको छ।

यी दुवै नयाँ मोडलहरुमा ५००० एमएएच क्षमताको ब्याट्री छ। यी फोनहरुमा २५ वाटको ओरिजिनल एडप्टर पनि रहेको कम्पनीको भनाइ छ।

सासमङ ग्यालेक्सी ए०५ आकर्षक कालो, हल्का हरियो र रजत रङ्गहरुमा उपलब्ध हुनेछन् र यसको बजार मूल्य ४/६४ जीबीको लागि १४ हजार ९९९ रुपैयाँ र ६/१२८ जीबीको लागि १८ हजार ९९९ रुपैयाँ कायम गरिनेछ।

यसैगरी ग्यालेक्सी ए०५ एस कालो, हल्का हरियो र हल्का बैजनी रङ्गहरुमा उपलब्ध हुनेछन्। यसको बजार मूल्य ४/१२८ जीबीको लागि २१ हजार ९९९ रुपैयाँ र ६/१२८ जीबीको लागि २३ हजार ९९९ रुपैयाँ कायम गरिने कम्पनीले उल्लेख गरेको छ। यी फोन किस्ता सुविधामा समेत खरिद गर्न सकिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .