ad ad

कला


मलाइका र अर्जुनबीच २ महिनाअघि भएको थियो ब्रेकअप!

मलाइका र अर्जुनबीच २ महिनाअघि भएको थियो ब्रेकअप!

नेपालखबर
पुस २०, २०८० शुक्रबार १६:५४, काठमाडौँ

केही महिनादेखि बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री/मोडल मलाइका अरोराबीच ब्रेकअप भएको खबर मिडियामा छाइरहेको छ। तर, दुवै यस विषयमा मौन छन्।

यसैबीच, भारतीय एक सञ्चारमाध्यमको रिपोर्टअनुसार मलाइका र अर्जुनको ब्रेकअप २ महिना पहिलो भएको कुरा सार्वजनिक भएको छ। यद्यपी दुवैले आफ्नो प्रेमसम्बन्धलाई अर्को मौका दिन एकसाथ भएको समेत बताइएको छ।

लामो समयदेखि मलाइका र अर्जुनबीच विवाद चलिरहेको थियो। जसकारण दुवैले छुट्टिनै निर्णय गरेका थिए। तर, लामो समयसम्म उनीहरु एकअर्कासँग अलग बस्न सकेनन्। उनीहरुको ब्रेकअपबारे धेरै अड्कलबाजी चलिरहेको छ। अफवाहबीच दुवैमध्यै एउटा बिहे गरेर सेटल हुन चाहन्थे। तर, एउटा राजी नहुँदा यो समस्या आएको थियो।

जब मलाइकाले अर्जुन र उनको परिवारका सदस्यलाई अनफलो गरिन्, तब ब्रेकअपको भएको हल्ला चल्न थालेको हो। तर, सोहीबीच अर्जुनले मलाइका जन्मदिनमा रोमान्टिक तस्बिर राख्दै प्रेमिल स्टाट्स समेत राखेका थिए।

बिगत आठवर्षदेखि अर्जुन र मलाइका एकअर्कासँग डेट गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .