संजय न्यौपानेको लगानीमा फिल्म ‘रक्तबीज’ बन्ने घोषणा भएको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणटिमले फिल्म निर्माणको घोषणा गरेको हो।
यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ। अभिनेता खरेलले निर्माता न्यौपानेको पहिलो फिल्म ‘प्रेम दिवस’बाट अभिनयमा डेब्यु गरेका थिए।
संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको छ। डार्क एक्सन जनरामा निर्माण हुने फिल्ममा एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ।
मुख्य अभिनेत्रीसहित केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ। फिल्मको सुटिङ अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए।
फिल्मको छायाङ्कन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ। यस फिल्मलाई सौरभ लामाले खिच्नेछन्।
Shares

प्रतिक्रिया